
पूर्णपुष्टि,माघ २६ । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने छ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा फाइनल प्रतियोगिता हुने भएको हो ।
सोमबार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बङ्गलादेश भिड्न लागेका हुन् । यस जितसँग तीन खेलमा सात अङ्क जोडेको बङ्गलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय बेहोरेको भुटान अङ्क विहीन हुँदै बाहिरिए पछि बङ्गलादेश फाइनलमा पुगेको हो ।
भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेशबीचको खेल रोमाञ्चक हुने विश्वास गरिएको छ ।
