Tuesday, April 21News That Matters

सामाजिक संञ्जालमा महिलालाई अश्लिल फोटो–भिडियो पठाउने एक युवक प्रहरीको फन्दामा

पूर्णपुष्टि, माघ ७

सामाजिक संञ्जाल फेसबुकमा महिला साथीलाई अश्लिल फोटो–भिडियो पठाउने एक युवा प्रहरीको फन्दामा परेको छ । ती युवाले परिचित महिला साथीलाई फेसबुक म्यासेन्जरमार्फत् अश्लील भिडियो, फोटो तथा सन्देश पठाउने गरेका पाइएका छन् ।

पक्राउ पर्नेमा सल्यानको साविक कालागाउँ–३ बाल्ले घर भई हाल कुमाख गाउँपालिका वडा नं. ४ सेराडाँडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही रहेका छन् ।

फेसबुक म्यासेन्जर बाट अश्लिल फोटो–भिडियो पठाई यौन उत्पीडित गर्ने आरोपमा नेपाल प्रहरीको साईबर ब्युरोले सोमवार शाहीलाई पक्राउ गरेको हो ।

शाहीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइ साइबर व्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा पक्राउ गरेहो हो । पक्राउ परेका युवाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।