
पूर्णपुष्टि, कात्तिक २
अव सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ ।
बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् । यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागले जनाएको छ ।
यात्रुले विगतबाटै जसरी मास्क अनिवार्य रुपमा आफैंले लगाउँदै आएका छन् । अब फेस सिल्ड पनि अनिवार्य रुपमा लगानुपर्ने भएको छ । यो व्यवस्थाले सार्वजनिक सवारीबाट महामारी फैलिने जोखिम कम हुने जनाईएको छ ।
बसमा यात्रा गर्दा मास्क लगाउने, स्यानिटाइजर लगाइराख्ने र फेस सिल्ड अनिवार्य रुपमा प्रयोग गर्ने लगायतका सावधानी अनाए कोरोनाबाट जोगिन सकिने विभागले जनाएको छ ।
अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ । विभागले फेससिल्ड प्रयोग गर्नेपर्ने लगायतका नियमहरु परिमार्जन गरेर निर्देशिका जारी गर्ने तयारी गरेको छ ।
सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यात्रुलाई विभागले आग्रह रेको छ ।
सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने जनाएको छ ।

