Wednesday, May 6News That Matters

सालकको खपटासहित २ जना पक्राउ

पाँचथर/भदौ ६ गते ।

पाँचथरको हिलिहाङबाट सालकको खपटा सहित दुई जना पक्राउ परेका छन् । हिलिहाङ गाउँपालिका – २ कावेलीबाट लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित पक्राउ परेका हुन् ।

दिउँसो १ बजे ताप्लेजुङको हप्पुखोलाबाट सदरमुकाम तर्फ जाँदै गरेको मे १ ज २३२४ नम्बरको गाडीमा सवार ताप्लेजुङ फुङलिङ नगरपालिका – २ निबासी धनविक्रम लिम्बु र विक्रम लिम्बुको साथबाट १२ सय ग्राम खपटा बरामद गरेको प्रहरीले जनाएको छ ।

खपटा सहित पक्राउ परेको दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पाँचथर ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।