
पूर्णपुष्टि,चैत्र ३० । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरुपालिकामा सार्न अनुरोध गरेको छ । मेयर साहले बिहिवार मध्यान्ह आफ्नो सामाजिक संञ्जालमार्फत उनले सिंहदरबार र राजधानी सार्दा काठमाडौँ बासीहरुलाई कुनै आपति नरहेको जनाएको छ ।
उनले फेसबुक पेजमा “कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस” । हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् ।

मेयर साहले भने आफूहरुलाई राजनिती हैन सम्पदा, सस्कृती, कला सभ्यता चाहिन्छ । सरकारले काठमाडौँ महानगरका माग सम्बोधन गरेको भन्दै मेयर शाहले सिंहदरबारको फोहोर उठाउन रोक लगाएका छन् ।
