Wednesday, August 5News That Matters

सिकारी पुजा र साकेला नाच सहित गाईघाटमा उद्यौली भव्य सम्पन्न, फोटो फिचर सहित

पूर्णपुष्टि, मंसिर २२
गाईघाट साकेला थानमा सिकारी पुजा आजा र साकेला नाच सँगै उद्यौली पर्व सम्पन्न गरिएको छ । मंसिर पूर्णिमाको अवसर पारी उदयपुरको सदरमुकाममा भव्य उद्योली पर्व मनाईएको हो । यहाँ जिल्लाका बिभिन्न प्रारम्भीक कमिटीहरुले साकेला नाच गान र पुजा गेरर उभौली पर्वलाई विदाई गरिएको आयोजक कमिटीका अध्यक्ष सर्वधन राईले नाएको । यो पर्व किराँत समुदायमा बर्षको दुई पटक मनाईन्छ । किराँती पुर्खाहरुका इतिहाँस अनुसार बैशाखे पूर्णिमा र मंसिर पूर्णिमामा यो पर्व मनाईन्छ ।

बैशाखे पूर्णिमामा उभौली पर्व मनाईन्छ भने मंसिरे पूर्णिमामा उद्योली पर्व मनाईने गरिन्छ । पहिले किराँती पूर्खाहरु जंगलमै वस्ने खाने क्रममा जाडोको समयमा जाडो छल्न तराई अर्थात उधो लाग्ने र गर्मि मौसमको समयमा तराई बाट गर्मि छल्न पहाड चड्ने गरिन्थ्यो । यसरी गर्मि छल्न पहाड अर्थात उभोँ लाग्दा उभौली र तराई झर्दा उद्यौली पर्व मनाईने अग्रज किराँतीहरुको भनाई छ । पूर्वको बिभिन्न ठाउँमा रहेको किराँतीहरुले यसै इतिहाँस सँग जोडेर बर्षमा दुई पटक यो चाँडलाई मनाउने गर्छ । गाईघाटमा प्रदेश नं १ कै ठुलो प्रतियोगिता सम्म हुने गरेको छ । यो बैशाखे पूर्णिमाको बेला करिब १ महिना पर्वको मनाईदा यहाँ गिता स्मृति साकेला प्रतियोगिता सम्म हुने गर्छ ।