Monday, June 22News That Matters

सिद्धिचरण राजमार्गको स्तरउन्नती हुने मन्त्रिको वचन, अनिश्चितकालीन बन्द खुल्यो

पूर्णपष्टि, वैशाख ९

सिद्धिचरण राजमार्गको तल्लो भेग स्तर उन्नतिको बचन पाएपछि अनिश्चितकालीन बन्द फिर्ता भएको छ । जीर्ण सिद्धिचरण राजमार्ग अन्र्तगत सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्ड स्तरउन्नती गर्ने बचन आएपछि त्यस क्षेत्रका बासिन्दाले गरेका सडक बन्द फिर्ता लिएका हुन् ।

संविधान सभा सदस्य भेषकुमार राउत, कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठसमेत स्तरउन्नती संघर्ष समितिका संयोजक दिपक बुढाथोकीको नेतृत्वमा गएको डेलिकेशन टोलीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले वचन दिएका हुन् । संघर्ष समिति र मन्त्रि नेम्वाङविच बिहिबार द्विपक्षिय वार्ताबाट सडकखण्ड स्तरउन्नती गर्ने सहमति भएको हो ।

मन्त्री नेम्वाङ्ले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा ९५ करोड माथिको बजेट छुट्याउने, डिपिआर अनुसारको बहुवर्षिय ठेक्का लगाएर काम थाल्ने, यस सडकखण्डका लागि छुट्टै सडक डिभिजन कार्यालय कटारीमा स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।

सडक जीर्ण भएपछी संघर्ष समितिले गएको सोमबारदेखि सडकखण्ड अनिश्चितकालका लागि बन्द गरेको थियो । मन्त्रालयमा नेकपा एमाले संसदिय दलका सचेतक विशाल भट्टराई, पूर्व साँसद रामहरी खतिवडासमेत जानु भएको थियो ।