
भदौ ३ गते ।
मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि चिनिया कम्पनी सिनो हाईड्रोले ठेक्का पाउने भएको छ । ठेकदार भागेपछि ठप्प रहेको आयोजनाको बाँकी कामका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिने भएको हो ।
यस कम्पनीले अहिले माथिल्लो तामाकोशीको सुरुङमार्गको काम गरिहेको छ । कुलेखानी तेस्रोको सिभिलतर्फको काम गरेको कम्पिनीले निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको पनि काम पाएको छ । मेलम्चीको मुख्य दुई वटा प्याकेजमा विभाजन गरी ठेक्क लगाएपनि अहिले दुबै ठेक्का सिनोले नै पाउने भएको छ ।
सिनोले सवै भन्दा कम रकम कबोल गरेकाले ठेक्का पउने भएको आयोजनाले जनाएको छ । नेपालको जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो ।
कम्पनीले हेडवक्र्सतर्फ २९ प्रतिशत बिलोमा गएर ९० करोडमा ठेक्का सकारेको छ भने सुरुङतर्फ १५ प्रतिशत बिलोमा ७५ करोडमा ठेक्का लिन पाउने भएको छ । कम्पनी छनोट भएर निकालिएको सूचनामा कुनै दावी विरोध नपरेपछि सिनोलाई सम्झौतामा लागि बोलाइएको हा ।
दुबै ठेक्कामा सर्ट लिस्ट भएका दुईवटा कम्पनीको आर्थिक प्रस्ताव स्वीकृत गर्न आयोजनाले एशियाली विकास बैंक (एडीबी)मा पठाएको थियो । सिनोले नेपालका थुप्रै आयोजनाहरुको काम गरेर सफल उदाहरण पेश गरेकाले मेलम्चीमा पनि राम्रो काम गर्ने विश्वास लिएको जनाईएको छ ।
मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाउन लागेको छ । तर, त्यसमा ढिलाइ भइरहेको छ । २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको थियो भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकदारलाई दिइएको छ ।
हेडवक्र्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडान लगायतका काम गर्नुपर्ने छ । यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकदारसँग समन्वयको काम पनि गर्नुपर्छ ।
सुरुङको अन्तिम तवरको संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ । सुरुङमा भेन्टिलेसन बनाउने काम गरिरहेका र विभिन्न स्थानमा पाइप आपूर्ति र जडानको काम पनि यसमा छ ।
हेडवक्र्सको काम १५ महिनामा र सुरुङको काम १२ महिनामा सक्नेगरी टेन्डर आह्वान गरिएको थियो । सरकारले गत जेठमा ल्याएको नीति तथा कार्यक्रममा एक वर्ष्भित्र मेलम्ची ल्याउने जनाएको थियो । सरकारले आगामी वर्षको बजेटमार्फत मेलम्चीका लागि लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ । यो रकम काठमाडौंमा पाइप बिछ्याउन पनि उपयोग हुनेछ ।
