Thursday, May 21News That Matters

सिन्धुलीमा पानी पार्न भ्यागुतोको विवाह

पूर्णपुष्टि,जेष्ठ २३ । सिन्धुलीको दुधौलीमा लामो समयदेखि खडेरी परेपछि स्थानीयहरु भ्यागुतोको विवाहको गरिदिएको छ । सोमबार दुधैली नगरपालिका–४, डकाहामा एक २५–३० जनाको समूह भाँडाकुँडा र डोलीसहित कमला खोलातर्फ प्रस्थान गरे । केही समय मानिसहरुको भिड खोलामा जम्म भई पूजाआजा गर्दै एकजोडी भ्याुगतोको खोजी सुरु गरे ।

पुर्खाको उखान अनुसार खडेरी परेको बेला च्यागुतोको विवाह गरेमा पानी पर्छ भन्ने जनविश्वासका साथ भ्यागुतालाई सिँगारपटार गरी डोलीमा चढाइन्छ । तामो समय देखि पानि अभावका कारण अन्नवालीसमेत सुक्न थालेपछि ब्राह्मणहरूले वैदिकमन्त्र पाठ गरी रुद्रीपूजा गरी धुमधामसँग भ्यागुताको विवाह गरिदिए ।

एकजोडी कुमार केटाले विवाहित भ्यागुतालाई डोलीमा राखी कमला खोलामा बगिरहेको पानीमा पुर्‍याए । त्यसपछि ब्राह्मणहरूले भ्यागुतोको जोडीलाई डोलीबाट उतारी पानीमा छोडिदिए । लामो समयसम्म पानी नपरेका कारण रुद्रीपूजा आयोजना गरी भ्यागुतोको विवाह गरिदिएको स्थानीय थानेश्वर काफ्लेले बताए ।

स्थानीयमा वैदिक मन्त्र पढी भ्यागुतोको जोडीको विवाह गरिदिएमा पानी पर्ने जनविश्वास रहेकाले करिब तीन–चार घन्टासम्म होमहोमादी गरी भ्यागुतोको जोडीको विवाह गरेको उनको भनाइ छ ।

यस्तो कार्यमा स्थानीयले स्वतस्फूर्त रूपमा रकम जम्मा गर्ने र महादेव, इन्द्रको पूजाआराधना गर्ने प्रचलन रहेको काफ्लेले बताए । भ्यागुतोको बिहेमा प्रसादबाहेक करिब एक हजार दुई सय रुपैयाँ खर्च लागेको उनको भनाइ छ ।