Tuesday, July 7News That Matters

सिमावर्ति क्षेत्रबाट प्रहरीद्धारा ४ लाख ३८ हजार बराबरको सामान बरामद

पूर्णपुष्टि, पुष २६ गते ।

झापा, मोरङ र सुनसरी जिल्लाका सिमावर्ति क्षेत्रबाट भन्सार छलि गरी नेपाल भित्र्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ । करिब ४ लाख ३८ हजार बराबरको सामान प्रहरीले बरामद गरेको छ । प्रहरीद्धारा बिभिन्न प्रकारका रेडिमेड कपडा, खाध्यान्नका सामग्री, ईलेक्ट्रोनिक्स समानहरु, खैनी तथा कस्मेटिक सामानहरु बरामद गरेको जनाएको छ ।

सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट अन्दाजी १ लाख ७३ हजार रुपैयाँ बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ । यसैगरी मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको र झापा जिल्लाबाट १ लाख १५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको छ । बरामद भएका अवैध सामग्रीहरु आवश्यक कारवाहीको लागी सम्बन्धीत भन्सार कार्यालयहरुमा पठाएको प्रहरीले जनाएको छ ।