Friday, May 22News That Matters

सिराहामा मास्क नलगाउने ६४ जना पक्राउ

पूर्णपुष्टि, असार २४

सिरहामा मास्क नलगाइ हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेका छन् । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।