
उदयपुर, मंसिर ११ गते ।
उदयपुरमा तीन महिने सिलाई कटाई सिप विकास तालिम उद्घाटन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा तालिम बुधबार उद्घाटन भएको हो ।
“उद्योग र पूर्वाधार, समृद्धिको आधार” भन्ने मुल नाराको साथ सिप विकास गरी व्यावसायीक उद्यमी बनाई आर्थीक स्तर उकास्नका लागि १५ जनालाई तालिम दिन लागेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँल विगतका दिनको समस्याहरुलाई समाधान गर्ने प्रयास भईरहेको बताए । आफु रहुन्जेल जनताको सेवामा तत्पर रहने र सजह रुपले सेवा उपलब्ध गराउने उनले बताए ।
प्रमुख खाँले भने ‘घरेलु तथा सना उद्योगका छाता संगठन सँग समन्वयन गरेर काम गरिरहेका छौँ । अहिलेको अवस्थामा व्यावसाय संचालन गर्नका लागि लगानीको समस्या छैन । एक्लैले गर्न नसके समुहमा व्यावसाय गर्न सकिन्छ ।’ तालिमबाट सिकेका कुरालाई बद्धि गर्दै अगाडी बढ्न प्रमुख खाँले आग्रहर गरेका छन् । सिपलाई सिर्जनामा बदली आर्थीक स्तर उकास्न सुझाब दिदै प्रमुख खाँले तामिलको शुभकामना समेत दिएका छन् ।
घरेलु तथा साना नरहि ठूला तरि लम्किनु पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर शाखाका अध्यक्ष मधुकर थापाले बताए । उनले ‘तालिबाट लिएको ज्ञानको सदुपयोग गर्दै व्यासायी बन्नु पर्नेमा जोड दिएका छन् । ’
सोचाईलाई नखुम्च्याई फुकाएर व्यावसायीक बन्दै रोजगार दिने गरी व्यावसाय संचालन गर्नु पर्ने अध्यक्ष थापाले बताए । मेहनती र उजाशिल जनशक्तिको लागि धेरै ठाउँहरुबाट अवसरहरु आउने भएकाले यस्ता अवसरहरु अरु कतै नगई तपाईहरुकै हातमा आउनेछ । व्यावसायीहरुलाई नेपाल घरेलु साना उद्योग महासंघबाट हुने र आफ्नो सधै साथ सहयोग रहने भन्दै अध्यक्ष थापाले तालिमको शुभकामना दिएका छन् ।
