Tuesday, June 9News That Matters

सिसन पछि पूर्वमिस नेपाल श्रृंखला र सम्भवबीच प्रेम चर्चा

पूर्णपुष्टि,फागुन १४ । केही समय यता पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सिसन बानियाँबीच प्रेचको चर्चा चलेको थियो । देश–विदेशमा घुम्नदेखि सामाजिक सञ्जालमा मायालाई अभिव्यक्तसम्म गरेका थिए । तर केही महिना यता एकअर्कोले सामाजिक संञ्जाल सम्मेत सम्बन्ध नरहने गरी इन्स्टाग्रामबाट अनफलो गरेपछि यी दुईबीचको सम्बन्ध राम्रो नरहेको चर्चा चल्यो । केही दिनअघि एक लामो फेसबुक स्टाटस लेख्दै सिसनले श्रृंखलासँग ब्रेकअप भइसकेको संकेत गरे । यी दुईले जहिलेदेखि एकअर्कालाई अनफलो गरे, श्रृंखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडियो ।

यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको गाइँगुइँ हल्ला चलिरहेको बेला सम्भवले प्रेमको हल्लालाई पुष्टि हुने गरी शनिबार इन्स्टाग्राममा एक तस्वीर सेयर गरेका थिए । जुन तस्वीरलाई श्रृंखलाले खिचेको देख्न सकिन्छ । फोटो खिच्नेको अनुहार पनि झ्यालको सिसामा प्रष्ट देखिएको छ भने सम्भवले हार्वर्ड विश्वविद्यालयको क्याप लगाएका छन् । श्रृंखला अहिले हावर्ड युनिभर्सिटीमा अध्ययनरत समेत छिन् । सम्भव यतिबेला अमेरिकामै छन् । यी दुईले खुलेरै प्रेमबारे नखुलाएपनि प्रेमको चर्चा भने सामाजिक सञ्जालमा चुलिएको छ ।