Friday, May 22News That Matters

सीमा क्षेत्रको तनाव हटाउन भारत–चीनबीच ५ बुँदे सहमति

पूर्णपुष्टि, भदौ २६

सीमा क्षेत्रको तनाव कम गर्न चीन र भारतबीच पाँच बुँदे सहमति भएको छ । लद्दाखको भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भइरहेको तनाव कम गर्न पाँच बुँदे सहमति भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
चिनियाँ विदेश मन्त्री वांग यी र भारतीय विदेश मन्त्री एस जयशंकरबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको जनाईएको छ ।

बैठकमा भएका सहमतिहरु भने सार्वजनिक गरेका छैनन् । चिनियाँ विदेश मन्त्रालयले दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको जनाएको छ ।

बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको बताउनुभएको संचामाध्यमले जनाएको छ ।

सीमा क्षेत्रमा गोली नचलाउने सहमति भए पनि गत हप्ता सीमा क्षेत्रमा गोली समेत चलेको खबरहरु बाहिर आएको थियो ।