
पूर्णपुष्टि,मंसिर २४
नेपाली बजारमा सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन मुल्य तोलामा ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बुधबार घटेर तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
