
पूर्णपुष्टि, असार २५
आज सुनको भाउ फेरी बढेको छ । सुन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ४ सय रुपैयाँ पुगेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८० रुपैयाँ पुगेको छ ।
