
पूर्णपुष्टि, साउन ३
सुनको भाउमा आज भारी गिरावट भएको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सयले घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ महासंघले जनाएको छ ।
यस्तै,आज चाँदीको पनि भाउ घटेको छ । शुक्रबार तोलामा १ हजार ३२० रुपैयाँ रहेको चाँदीको भाउ २५ रुपैयाँले घटेर आज १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
