Tuesday, May 5News That Matters

सुहानाको डेब्यू पक्का, पोस्टर सार्वजनिक

सुहाना खान अभिनय क्षेमा प्रवेश गर्ने भएको छ । बलिउडका नायक शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान अभिनय क्षेत्रमा कदम प्रवेश गर्न तयार भएकी हुन् ।

लामो समयदेखि सुहनाले बलिउडमा डेब्यू गर्ने चर्चा चलिरहेको छ । सुहाना खानले डेब्यू गर्ने फिल्मको पोस्टर सार्वजनिक भएको छ । पोस्टर अनुसार एउटा सर्ट फिल्म हुनेछ  जनु सर्ट फिल्मको नाम हो ‘द ग्रेट पार्ट अफ ब्लू’ ।

पोस्टरमा सुहानाको पोट्रेट तस्वीर छ जुन नीलो रंगको जिन्स तथा कालो ज्याकेटमा कपाल बाँधेकी छिन् र कसैलाई हेरेर मुस्कुराइरहेकी छिन् ।

अतिरिक्त फिल्मको अर्को एउटा पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा रोबिन गोन्नेल्ला सुहानाको सह –कलाकारको रुपमा देखिने छन् ।