Thursday, May 28News That Matters

सेभ द चिल्ड्रेनद्वारा विपद् व्यावस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान

पूर्णपुष्टि, बैशाख २१ गते । 

सभे द चिल्ड्रनद्वारा जिल्ला विपद् व्यावस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग र बाल विकास सामाज नेपालको समन्वयमा आईतबार समितिलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

करिब सात लाख ५४ हजार तीन सय २६ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री जिल्ला विपद् व्यावस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपक पहाडीलाई सेभ द चिल्ड्रेनका प्रतिनिधि दिपक बुढाथोकीले हस्तान्तरण गरेको थियो ।

पिपिई सेट, आईआर थर्मोमिटर लगायतका स्वास्थ्य सामाग्री समितिलाई हस्तान्तरण गरेको सेभ द चिल्ड्रेनका प्रतिनिधि बुढाथोकीले बताए ।