Saturday, June 20News That Matters

सैनिक जवानद्वारा गोली हानी आत्महत्या

पूर्णपुष्टि, असार ३०

एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिनुभयो । रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको बिष्टले बताउनुभयो ।

रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको उहाँले बताउनुभयो ।

बुधबार बिहान अन्दाजी पाँच बजेतिर अतिथि गृहसँगैको कोतमा घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीकाले जनाएको छ ।

मृतकका आफन्तलाई घटनास्थलमा बोलाइएको र उनीहरु आएपछि मात्रै नाम–ठेगाना सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।