Saturday, May 16News That Matters

सोनाक्षीको ३० किलो तौल घट्यो

भदौ २६ गते ।

सोनाक्षी सिन्हाले बलिउडमा डेब्यु गर्नु भन्दा पहिला ९५ किलोबाट घटाएर ६५ किलोमा झारेकी थिइन् ।  सोनाक्षी कलेज पढ्दा रहेको तौलबाट ३० किलो घटाएकी थिइन् ।

यति धेरै तौल घटाएपछि कसरी तौल घटाईन् भन्ने सवैमा कौतुलहता जागेको थियो । तर उनी फिल्म क्षेत्रमा आउनको लागि कडा मेहेनत गरेर शरीरलाई सामान्य अवस्थामा ल्याएकी थिईन् ।

तौलका कारण धेरै समस्या झेल्नुका साथै एउटा मोटी केटीको रुपमा चिनिएकी अनुभव सुनाएकी छिन् । उनको तौलकै कारण धेरै कुरामा साइड समेत लगाई मागेकी थिईन् । उनलाई एक दिन मोडल जस्तै क्याट वाक गर्न मन लागेपछि क्याट वाक गर्दा आफ्नो मजाक उडेको सुनाएकी छिन् ।

उनको पहिलो फिल्म ‘दबंग’ भन्दा अगाडि कडा मेहेनत गरेर तौल घटाइन् । फिल्म रिलीजपछि दर्शकले असाध्यै माया दिएको भएपनि मिडिया र फिल्म उद्योगका केहि मानिसहरुले मजाक उडाएको दुखेसो पोखिन् ।

सन् २०१० मा सुपरस्टार सलमान खानसँग फिल्म ‘दबंग’ बाट बलिउडमा डेब्यु गरेकी सोनाक्षीले आफ्नो अभिनयका कारण फिल्म क्षेत्रमा अलग्गै पहिचान बनाएकी छिन् ।