
पूणर्पुष्टि, साउन १९
पछिल्लो २४ घण्टा भित्र ४ सय १८ जनामा कोरोना पुष्टि भएको छ । सोमवार मात्र उपत्यका सहित ४ सय १८ जनामा कोरोना पुष्टि भएको हो ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ सय ९०, प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ५१ र गण्डकी प्रदेशमा २ सय ७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय १५, कणर्ाली प्रदेशमा २ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन् ।
प्रदेश नम्बर १ मा १ हजार २ सय ९६, प्रदेश नम्बर २ मा १ हजार १ सय ४४, बागमती प्रदेशमा ८ सय २६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ४०, कणर्ाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।
योसँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।
नेपालमा नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । सरकारले मन्त्रि परिषदको वैठक बसि कोरोना रोकथाम र नियन्त्रणमा महत्वपूणर् निणर्य हुसक्ने पनि जानकारी गराएको छ ।
