
पूर्णपुष्टि, बैशाख ४ गते ।
सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको छ ।
गतराती १२ः५५ बजे फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पका कारण क्षति भएको वा नभएको बारे विस्तृत विवरण आउन बाँकी रहेको जनाईएको छ ।
