Friday, July 10News That Matters

सोलुखुम्बुका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि वितरण

पूर्णपुष्टि, पुष ८ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रम अनुसार दीर्घरोगीहरुलाई घरमै पुगेर निःशुल्क औषधिको वितरण गरेको छ । जिल्लाको लिखुपिके गाउँपालिका भित्र
बासोवास गर्ने दीर्घरोगीलाई गाउँपालिकाले औषधि वितरण गरेको हो ।

औषधि उपचारकै अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बस्नेतले बताइन् । दीर्घरोगी आफैँले पनि पालिकाभित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिन सक्नेछन् ।

आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताइन्। स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उनको भनाइ छ ।
औषधिको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नसक्ने पालिकाको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ ।