Saturday, July 11News That Matters

सोलुखुम्बुमा पाँच घर जलेर नष्ट

पूर्णपुष्टि, पुष ५ । सोलुखुम्बुमा आगलागी हँदा पाँच घर जलेर नष्ट भएको छ । थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा मंलवार अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको हो । आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन् । आगो नियन्त्रण गर्न कठिन रहेकोले सल्लेरीबाट नगरपालिकाको दमकल झिकाएको वडाध्यक्ष घनराज सुनुवारले बताए ।

आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनिल मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दम्कल प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले बताए । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।