Monday, April 20News That Matters

सोलुमा कपडा पसलसहित एक घर जलेर नष्ट

कात्तिक ४ गते । 

सोलुखुम्बुको नेचासल्यानमा आगलागीबाट एक पसल सहित घर जलेर नष्ट भएको छ । नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा सोमबार बिहान अचान लागलागी हुदा जलेर नष्ट भएको हो ।

विद्युत सर्ट भई करिब २ बजे एकासी आगलागी हुँदा स्थानीय चन्द्रप्रकाश कोइरालाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पसलसहितको तीन तले घर जलेर नष्ट हुँदा ९८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय शोलुखुम्बुले जनाएको छ ।

आगलागी हुदा यही घरमा रमेशकुमार राईले सञ्चालन गर्दै आएको कपडा पसलसमेत जेलेर नष्ट हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।