Monday, July 6News That Matters

स्कुटर चोरी गरेको आरोपमा एक पक्राउ

पूर्णपुष्टि, पुष २२ गते ।
सुनसरीको इटहरी उप–महानगरपलिका–१३ स्थितबाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्दिवास नगरपालिका(२ महोत्तरीका ३० बर्षीय राम दुलार महतो रहेका छन् ।

बुधबार बेलुका इटहरी–१३ का रोशन चौधरीको घर अगाडी पार्कीङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।