
भदौ २४ गते ।
कतिपय स्थानीय तहमा प्रमुख र उप–प्रमुखविच विवाद चर्किएको छ भने कतै बोलचालसमेत बन्द भएको छ । कुनै स्थानीय तहका केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालतसमेत पुगेका छन् ।
स्थानीय तहमा बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो । जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् ।
धनुषा हंसपुर नगरपालिकाका मेयर र उप–मेयरका विवादले एक निर्दोषको ज्यान गएको छ । साउन २१ गते नगरपालिका कार्यालय सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उप–मेयर रेणु झा पक्षबीच झडप हुँदा बघचौडा निबासी ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । मण्डलको भदौ १८ गते उपचारका क्रममा मृत्यु भयो ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।
