Thursday, May 21News That Matters

स्थानीय तहहरूलाई प्रहरीको यस्ताे प्रशंसा

पूर्णपुष्टि, माघ १७ गते ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले स्थानीयतहमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको भन्दै शुक्रबार पालिकाहरुलाई  प्रशंसा–पत्र प्रदान गरेको छ । पालिकाहरुलाई प्रहरीले कार्यालयमा प्रशंसा वितरण समारोहको आयोजना गरी प्रशंसा पत्र प्रदान गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले कार्यक्रममा सहभागि रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी र उदयपुरगढी गाउँपालिकाकी प्रतिनिधि प्रज्ञा पराजुलीलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । अन्य बाँकी आठ पालिकालाई पायकका इलाका प्रहरी कार्यालयमार्फत प्रदान गरिने जनाइएको छ ।

रौतामाई गापाका अध्यक्ष खड्काले शान्ति, सुरक्षा महत्वपूर्ण कुरा रहेको बताउनुभयो । त्यसका लागि प्रहरी–समुदाय साझेदारी कार्यक्रमले प्रहरीसंग जोडिन, सहकार्य तथा समन्वयका लागि वातावरण सिर्जना गरेको बताउनुभयो । त्रियुगा नपाकी उपमेयर चौधरीले समुदायमा शान्ति, सुरक्षाको निम्ति प्रहरीसंग सहकार्य, समन्वय रहने बताउनुभयो । यसलाई थप प्रभावकारी बनाउदै लैजाने कुरामा पालिका तयार रहेको बताउनुभयो । कार्यक्रममा सुरक्षा निकाय, संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति थियो ।

प्रहरी प्रमुख एसपी मगरले शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि प्रहरी–समुदाय साझेदारी कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो । यसमा स्थानीय सरकारको महत्वपूर्ण सहयोग, भूमिका रहेको उहाँले बताउनुभयो । आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडी बढाउन आफु अग्रसर रहने बताउनुभयो । यसले समुदायमा प्रहरी सम्बन्धी नकारात्मक भ्रम हटाउदै प्रहरीलाई साच्चिकै सहयोगी, साथीको रुपमा चिनाउने काम गरेको बताउनुभयो । समाजमा हुने लागुऔषध, हत्या, हिंसा, बलात्कार जस्ता अपराध नियन्त्रण गर्न र अपराधीलाई लुक्न नदिन प्रहरीको एक्लो प्रयासले पर्याप्त नहुने भएपछि समुदायको सहयोग आवश्यक परेको वहाँले बताउनुभयो । त्यसमा समुदायको सहयोग र महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो ।

तस्विरहरू  :