Friday, May 22News That Matters

स्पेनिस क्लबको पोल्टामा युरोपा लिगको उपाधि

पूर्णपुष्टि, भदौ ६

युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले हात पारेको छ । गतराति जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले पछि पार्दै सेभियाले उपाधि हात पारेको हो ।

सेभियालाई जित दिलाउन लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरे । यस्तै इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एक/एक गोल फर्काए ।

सेभियाले छैठौं पटक युरोपा लिगको उपाधि हात पारेको छ । यसअघि सेभियाले सन् २०१६ मा युरोपा लिग जितेको थियो । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम बनेको छ ।

सन् १९९८ मा युरोपा लिग जितेको इन्टर मिलानले पछिल्लो ९ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन ।