
पूर्णपुष्टि,फागुन १८
कोसी अस्पतालमा उपचारको क्रममा ६५ बर्षीया महिलाको स्यानिटाइजर सेवन गर्दा मृत्यु भएको छ । शनिबार राति विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी अम्बिका अधिकारीले स्यानिटाइजर खाएकी थिइन् ।
घरायसी वादविवादको कारण उनले स्यानिटाइजर सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
स्यानिटाजर सेवन गरेपछि उनलाई कोसी अस्पतालमा भर्ना गरिएको थियो । सोमबार दिउँसो १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

