Tuesday, July 7News That Matters

स्वतन्त्रबाट जितेका कुशवाहा माओवादी प्रवेश

पूर्णपुष्टि, पुष १४
सर्लाहीबाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका जवाहरलाल कुशवाहा माओवादी केन्द्र प्रवेश गरेका छन् । मधेश प्रदेश सभामा सर्लाही क्षेत्र नं। ३ (क) बाट स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराए । अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । लोसपाका पनि ९ जना सांसद छन् ।