
पूर्णपुष्टि, जेठ १ गते ।
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ । यसअघि संक्रमितको संख्या २ सय ५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो ।
बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो । संख्या यसअघि नै अद्यावधिक भैसकेको छ ।
आज काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका गरी दुई जनामा मात्रै संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँग नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको मन्त्रायले जनाएको छ ।

