
पूर्णपुष्टि,फागुन ५
चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित २ तले १२ कोठा भएको जनता माध्यामिक विद्यालय भवनको उद्घाटन मंगलबार भएको छ । नेपाल सरकार नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा प्राप्त कूल अनुदान २ करोड ३५ लाख मध्ये १ करोड ९० लाख रुपैयामा भवन निर्माण भएको हो ।
नव निर्मित भवनको उद्घाटन नगरप्रमुख खगेन्द्र राईले हिजो गरेका हुन् । कूल बजेटबाट बाँकी रहेको ४५ लाख रुपैयाले भवन नजिकै व्याड्मिन्टन कवर्ड हल निर्माण भएको छ ।

व्याड्मिन्टन कवर्ड हलको पनि नगरप्रमुख राईले एकैसाथ उद्घाटन गरेको प्रधानाध्यापक रामबहादुर राउतले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा हलेसी निर्माण सेवा काठमाण्डौले लिएको थियो ।

