
सुनसरी, जेठ २० गते ।
सुनसरीको रादन राईको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । सुनसरीको ईटहरी उप–महानगरपालिका–२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप–महानगरपालिका–२० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र २३ बर्षीय अभिषेक पौडेल रहेको प्रहरीले जनाएको छ ।
गत जेष्ठ १८ गते राती करिव सवा ९ बजे छिमेकी खीले भनिने अमित घिमिरेको घरमा प्रज्वल राई र रादन राई बिच सामन्य बादबिबाद भएपछि मृतक राई आफ्नो घर फर्कने क्रममा बाटोमा ढुकेर बसेकोे समुहले बाँसको लाठीले अन्धाधुन्द कुटपिट र धारिलो हतियार छुराले कोखा तथा छातीमा घोपेर घाईते बनाएर फरार रहेको प्रहरीले जनाएको छ ।
मृतक राई घाईते भएको उनका साथीहरुले थाहापाएपछि तत्काल उद्धार गरी उपचारको लागीे बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगेपनि उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै घटनाको सम्बन्धमा अनुसन्धान र फरार भएकाहरुको खोजतलासको लागी खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय इटहरीको अनुसन्धान टोलीले जेष्ठ १९ गते साँझ ६ बजे ईटहरी उप–महानगरपालिका–११ बाट तिनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
