
झापा, भाद्र २ गते ।
झापाको दमकमा घरबाट हराएको बालक पोखरीमा मृत अवस्थामा फेला परेको छ । दमक नगरपालिका – ३ बेलडागी २ सेक्टर न.ई १, हर्ट न. २ सिबीरमा बस्ने नर बहादुर मगर को छोरा १४ वर्षीय ओषिष मगर मृत फेला परेको हो ।
आईतबार साँझ ५ बजे घरबाट हिडेका बालक बिहाँन साढे ७ बजे दनपा –३ हुम्से दुम्से सामुदायिक बनका कर्मचारीले पोखरीमा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
