पूर्णपुष्टि, मंसिर २७
दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमान भेट्न गएकी एक महिला ब्राउनसुगर सहित पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा घोराही–१५ का शान्ति घर्ती खड्का रहेकी छिन् ।
सोमबार बिहान ७ बजे हिरासतमा रहेका श्रिमान २२ वर्षीय अशोक खड्कालाई भेट्न भन्दै जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । उनले ल्याएको फलफूल चेकजाँच गर्ने क्रममा केराभित्र लुकाएको अवस्थामा १२० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषध दुर्व्यसनी रहेका आफ्ना श्रीमानलाई हिरासतभित्र लागुऔषध दिने उद्देश्यले आएको जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए । खड्का तीन दिनअघिमात्र लागुऔषधसहित पक्राउ परेका थिए । पक्राउ परेकी शान्तिको थप अनुसन्धान अघि बढाईएको छ । उनीमाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाउने तयारी भइरहेको छ ।
