Saturday, June 20News That Matters

हुरेण्डेक द्धारा सञ्चालित“कामको लागि नगद कार्यक्रम” सम्पन्न

पूर्णपुष्टि, भदौ १३

रौतमाई गाउँपालिका र त्रियुगा नगरपालिका सँगको समन्वय र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा हुरेण्डेक उदयपुरद्धारा सञ्चालित पोषण तथा उत्थान सिल जिविको पार्जन परियोजना अन्तर्गत कामको लागी नगद कार्यक्रम हालै सम्पन्न भएको छ ।

कोरोना कङ्क्रमणको कारण जारी भएको निषेधाज्ञाले गर्दा ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने परिवारलाई आर्थिक समस्या परेको र आम्दानीको अन्य कुनै श्रोत नभएको परिवारलाई समेटिएको यो कार्यक्रममा एकल महिला, पुरुष, अपा∙ता भएका परिवार, दैनिक ज्याला मजदुरीमा काम गर्ने परिवार, गर्भवती र सुत्केरी महिला भएको परिवार र अत्यन्तै न्यून आय भएका परिवार लाई कार्यक्रममा समावेश गरिएको थियो ।गत श्रावण महिनको दोश्रो हप्ताबाट शुरु भएको सो कार्यक्रम रौतामाई गाउपालिका अन्तर्गतको वडा नं. ३, ६, ७ र ८ वडामा १७१ जनामा ७९ जनामहिला र त्रियुगा नगरपालिका अन्तर्गत वडा नं. १५ खावुमा १५ जनामा ७ जनामहिला  सहभागि भएका ेथियो । यस कार्यक्रममाकुलो नहर मर्मत, बालमैत्रिधारा, खानेपानिपाईपलाईन ब्यवस्थापन, सिचाईको लागिपोखरी निर्माण र विद्यालय सुरक्षाको लागि ग्याबिन जालि व्यवस्थापन काकामहरु सञ्चालन गरि समापन गरिएको थियो ।

हुरेण्डेक उदयपुरको पहलमा प्रत्येक सहभागिहरुकोे स्थायी लेखा नम्बर बनाइएको थियो र सो काम गरे वापत् सरकारी नियमानुसार पाउने रकममा राजस्वकट्टा गरी प्रत्येक व्यत्तिहरुलाई कामगरे अनुसारको रकम उपलब्ध गराइएको थियो । जस्मा स्थान र कामको प्रकृति अनुसार रौतामाई गाउपालिका अन्तर्गतको सहभागिहरुले समग्रमा प्रतिव्यक्ति ७,९३६ रुपैया बरावर र त्रियुगा नगरपालिका वडा नं.१५ अन्तर्गतका सहभागिहरुले प्रतिव्यक्ति १४,१७७ रुपैया वरावर काम गरे वापत नगद प्राप्त गरेकाछन् ।

उक्त रकम खाद्यान्न खरिद, बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य अत्यावश्यक काममा खर्च हुने एक सहभागिले बताएको छ । “कोभिड १९ का कारण निषेधाज्ञा भई दैनिक मजदुरी गरेर खानेहरुलाई अत्यन्तै आर्थिक संकटभई जिविको पार्जन मै समस्या परेको अवस्थामा हुरेण्डेक उदयपुरले कामका लागी नगद कार्यक्रम ल्याएको थियो । यसले परिवार चलाउन र छोरा छोरीको शिक्षामापनि सहयोग पुगेको सहभागीहरुले बताएकाछन् ।”

कार्यक्रमको बारेमा आप्नो धारणा राख्नुहुदै त्रियुगा नगरपालिकावडा नं. १५ का अध्यक्ष नीर वहादुर आलेले कार्यक्रम निकै प्रभावकारी भएको र यस्ता खालका कार्यक्रमले सार्वजनिक स्थानहरु र खानेपानी, कुलोनहर व्यवस्थापनमा सहयोग हुने साथै विपन्न समुदायकाव्यक्तिलाई कामको साथमानगद समेत प्राप्त गरेकोले समुदायमा सकारात्मकप्रभावपारेको बताउनु भयो ।