Thursday, May 28News That Matters

हेभेन्लि पाथ मार्फत राईको सहयोग

पूर्णपुष्टि, बैशाख १४ गते ।

हेभेन्लि थाप (प्रेमबादी यात्रीहरु) शाखा उदयपुर मार्फत हेभन्लि पाथका केन्द्रिय उपाध्यक्ष तथा धर्म सस्कार सस्कृतिको संयोजक भरत चाम्लिङ राईले एक सय २५ जनालाई सहयोग प्रदान गर्नु भएको छ ।

त्रियुगा नगरपालिका भित्र लकडाउका कारण समस्यामा परेका करिब एक सय २५ जना दुःखी गरिब र विद्यार्थीलाई आईतबार सहयोग प्रदान गर्नु भएको हो ।

त्रियुगा उद्योग बाणिज्य महासंघका निवर्तमान प्रथम उपाध्यक्ष समेत रहेका राईले चामल, दाल, नुन वितरण गर्नु भएको थियो । चामल १०, दाल १ र नुन १ केजीका दरले सहयोग प्रदान गरेको राईले बताउनुभयो ।

दैनिक ज्यालामजदुरी गरी खाने, नाजुक आर्थीक स्थिति भएका र लकडाउनले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई खाद्य संकट हेतुले सहयोग स्वरुप प्रेम बाडेको राईले बताताउनुभयो ।