
उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उनका थुप्रै सपनाहरु छन् । मेयर बनिसकेपछि पुरै नगरबासी र नगरको विकास र समृद्धिको चिन्ता र सपनामा डुब्नुपर्ने अवस्था रहेको बताउने मेयर चौधरी करिब अढाई वर्षको कार्य अवधिमा थुप्रै योजना र कामहरु भएको दावी गर्छन् । महत्वकांक्षी मेयरको रुपमा चिनिने चौधरी ठूलै सपना नदेखे प्रगती हाँसिल गर्न नसकिने मान्यता राख्छन् । पत्रकारहरुको क्षमता बृद्धि र पत्रकारिता प्रवद्र्धनमा प्रतिबद्ध रहेको मेयर चौधरीले पत्रकारहरुलाई ल्यापटप बाँडेको आरोप पनि खेपे । आप्mनै कार्यकालमा त्रियुगालाई उपमहानगरपालिको हैसियत दिने लक्षका साथ अगाडि बढेका चौधरीको नगर र नगरबासीप्रतिको दृष्टिकोण, कामहरुको समिक्षा र भावी योजना, सपनाको बारेमा पूर्णपुष्टि मिडियाले गरेको सम्बाद प्रस्तुत छ :
पूर्णपुष्टि : अहिले मेयरको भुमिका निर्वाह गरिरहदाको अवस्थामा कस्तो अनुभुति भइरहेको छ ?
मेयर : एउटा साँच्चै नै नगर प्रमुख भइसके पछि नगरको बहुत ठुलो जिम्मेवारी आईपर्दो रहेछ र आफ्नो भन्दा पनि सार्वजानिक लाईफ नै बोध गराउँदो रहेछ । त्यसमा पनि स्थानीय सरकार बिहानदेखि बेलुकासम्म नगरपालिकामा देख्न सक्ने, छुन सक्ने र जुनसुकै बेला पनि भेट्न सक्ने सरकार भएकोले जनताको जतिखेरको समस्या भेटेपनि आफ्ना कुराहरु राख्ने र त्यसलाई सम्बोधन गर्ने कुरामा रहेकोले महत्वपूर्ण जिम्मेवारी बोकेको र यो जिम्मेवारीलाई अब आफ्नो कार्यकालमा कसरी सफल तरिकाले पार लगाउने कुरामा नै जिम्मेवारी बोध भएको छ । यो नगरलाई सुन्दर बनाउने नगरवासीको जिवनस्तर उठाउने र यो नगरलाई १ नं प्रदेशकै नमुना नगर बनाउने जिम्मेवार छ । त्यसै तर्फ लागिरहेको छु ।
पूर्णपुष्टि : यहाँको दृष्टिमा, त्रियुगा नगरपालिका कस्तो नगरपालिका हो र यहाँका नगरवासी कस्ता छन् त ?
मेयर : यो नगर मलाई असाध्यै सुन्दर लाग्छ । नेपालमा मात्रै होइन विश्वमै यो नगर जस्तो राम्रो अरुमलाई लाग्दैन । पहाड, तराई सबैकोसंगमछ । सबै जातजातिहरु मिलेर बसेका छन् । त्यसैले गर्दा खेरी यसलाई म कल्चरल टुरिजमको रुपमा पनि डेभलोप गर्न खोजीरहेको छु । कल्चरल टुरिजमभनेको छै यहाँ थारु कमिनिटी छ, राई कमिनिटी छ, मगर कमिनिटी छ,नेवार कमिनिटी छ, दनुवार कमिनिटी छ माझी कमिनिटी र अन्य क्षेत्रीबाहुन जातजातिको कमिनिटी लगायतका धरै जातजातिहरु बसोबास गरेको संगम ठाउँ छ ।सबै मिलेर बसेका छौ ।केही समयअघि १० दिने फुट फेस्टिवल भयो ।त्यहाँ १ नं प्रदेशकै पहिलोपल्ट लाखेनाँच पनि त्रियुगा नगरपालिकाले गर्यो ।भन्नाले यहाँको खानालाई यहाँको कल्चरलाई आम्दानीसँग जोड्ने गरीयो । आज त्यहाँको रहनसहन, रितिरिवाज मुल प्रवाहमा जोडिएन भने कहिले सम्पन्न हुदैन । आज नेवारकै कुरा गराँै मम आज राष्ट्रिय फुडसँग जोडिएर सबैले मम खान्छन्। त्यसले आर्थिक स्थितिको उन्नती भाको छ । थकालीको कुरा गरौँ, आज थकाली खाना ब्रान्ड भैसकेको छ ।आज थारु खाना किन ब्रान्ड नहुने ?मगरको खाना किन ब्रान्ड नहुने ? राईको खाना किन बा्रन्ड नहुने ?दनुवार खाना किन ब्रन्ड नहुने ?त्यसैले थारुको होमेस्टे, मगरको होमेस्टे, राइको होमेस्टे, नेवारको होमेस्टे, दनुवारको होमेस्टेमा पनि सोँचिसकेका छौ । जोगिदह, दनुवारीटोल, वडा नं ८ वडा नं १५ मा र हुवासमा यसरी हामिले होमेस्टेलाई जोडेर टुरिजमलाई जोड्ने काम गरिरहेका छौँ । यहाँकानगरवासीहरु एकदम मिलनसार उत्साही काम गर्ने साँेचका छन् र म भर्खरै जनजातिको कार्यक्रममागएँ । त्यहाँ, क्षेत्री बाहुनले पनि जनजातिको कार्यक्रममा बालन नाच देखायो । भन्दाखेरी, यो सबैको सद्भाव हो ।सबै मिलेर बाँच्न सक्ने र सबैले मिलेर काम गर्न सक्ने थलोको रुपमा मैले त्रियुगा नगरपालिकालाई लिएको छु ।

पूर्णपुष्टि : नगर र नगरबासिको भाग्य र भविष्यको एउटा खाका यहाँले मेयर बन्दै गर्दा तयार गर्नु भएको थियो ।आज आउँदा पनि एकतालि स्मरण गरौँ न ।
मेयर : सर्वप्रथम हामीले नगरपालिकालाईअध्ययन गर्यौ ।सुरुमा पनि हामी यै नगरवासी। यै नगरमा हामीले आफ्नो जीवन विताएकेले हिजोदेखि त परिर्वतन हुदै छ ।जतिखेरको नगरपालिकामा म आए त्यतिखेरको अवस्थामा धरै कुराहरु अभाव खड्किएको थियो ।कर्मचारी व्यवस्थापन, प्राविधिकको,त्यसपछि भुगोललाई भर्खर अन्य चारगाविस मिलेर नगरपालिका बनेको छ । जोगिदह, साउने, खाँबु, चिलाउने र तिनिहरुको सबैको समग्र अध्ययन गर्दाखेरी हामीले यसलाई मास्टर प्लान बनाउनु पर्छ भनेर सोँच्यौतरपनि पहिलो बर्षमा कानुनको अभावर हामी निर्वाचन बर्ष मै रहेको हुदाखेरीसडक केन्द्रित, सबै वडामा सडकपुग्नु पर्यो, बिजुली पुग्नु पर्यो, नाली पुग्नु पर्यो त्यो अभियान चलायौं ।एग्रिकल्चरलाई पनि त्यसरी नै अभियान गर्यौं । त्यो अभियान सँगसँगै हामीले स्वीस सरकारको सहयोगमा मास्टर प्लान पनि बनायौँ । अबको नगरलाई हामीले हेर्ने दृष्टिकोणमा हिजो सतहबाट हेथ्र्यौ भने आज सबै तहबाट हेर्दा खेरी त्यसको हामीले तथ्याङक लियौँ । तथ्याङक लिदाखेरी २० हजार ५४ घरधुरी त्रियुगा नगरपालिकामा रहेछ । त्यसैगरी जग्गा जमिन टोटलको गर्दाखेरी आज हामीले त्यसबाट के निचोड निकाल्यौं भने त्रियुगा नगरपालिकाको एउटा मुल नाराको तयार गर्यौँ ।उदेश्य तय गर्यौँ । भविष्यमा आउने नगर प्रमुखहरुले पनि यसलाई नगरपालिकाका सम्पूर्ण कार्यालय पालिका सदस्यहरुले यसलाई फलो गरोस् भनेर त्रियुगा नगरपालिकालाई हामीले नारा के तयार गर्यौ भने, “स्वास्थ्य, शिक्षित उद्यमशिल शहर– समावेशि, समुन्नत,समृद्ध त्रियुगा नगर” भनेर नारागर्यौं । अबको त्रियुगा नगरपालिका शिक्षित हुनु पर्यो ।स्वस्थ हुनुपर्यो नगरवासीहरु उद्यमशिल हुनु पर्यो । समावेसी हुनु पर्यो र सम्मुनत हुनुपर्यो । त्यो किसिमको योजना तयार गरेर आजको बजेटहरु १६ ओटै वडाहरुमा त्यसलाई फलो गरेर बजेट बिनियोजन गरेका छौँ । त्यस कारणले आज हामीले देखेको सपना,मैले के गरेको छु भने शिक्षाको एजुकेशनको हब हुनुपर्छ । त्यसैले त्यो मोडेलको कामअहिले प्राविधिक शिक्षाको कामहरु,एग्रिकल्चर कृषिको मोडेलहरु हुनुपर्छ भनेर हामीले तरकारी बजार व्यवस्थापन गरेका छौँ ।कृषक समूहहरु ग्ठन गरेका छौँ ।कृषकहरुलाई ट्रयाक्टरहरु ५० प्रतिशत अनुदानमा वितरण गरेका छौँ ।त्यस्तैगरी प्रविधिहरुअझै गछौँ । ट्रेनिङको पाटोहरुलाई हेरेका छौँ । जस्ले हामी तरकारीमा के छ भने, तथ्याङकमा हामीले १० प्रतिशत थियो भने अहिले २० प्रतिशत भन्दा माथि हामीले तरकारी बनाउने वातावरण बनेको छ । हामी दुधको लागि आत्मनिर्भर बन्दैछौ । दुधको लागि किसान डेरी उद्योगको स्थापना गरेको छौँ । किसानले दुधको मूल्य पाएन भनेर दुध संकलन केन्द्र गरेर दुधको यहाँबाट परिकार बनाउने र बाहिर पठाउने, त्यस्तै गरी कुखुराको मासुमा हामीआत्मानिर्भर छौँ, खसिको मासुमा बाहिर पठाउँने ठाउँमा छौँ ।
त्यसैले समग्र पकेट एरियाहरुको क्षेत्रहरु व्यवस्थापन गरेका छौँ र कृषि क्षेत्रलाई पनि हामीले अगाडी बढाउने कुरा गरेका छौँ भने उद्यमशिलमा औद्योगिक ग्राम खोलेका छौँ ।अबको उद्योग उद्यमशिल बन्नु पर्यो । रोजगार गर्नु पर्यो । काम गर्ने वातावरण गर्नु पर्यो भनेर यहाँका कच्चा पदार्थ र औद्योगिक ग्राम, नगर कृषि केन्द्र, यी सबै म्यानेज गरेका छौँ । त्यसतैगरी यसलाई सफा सुन्दर गर्नको लागि फोहोर व्यवस्थापनको लागि पनि फोहर व्यवस्थापन तथा उर्जा केन्द्र खोलेका छौँ ।र समग्र नगरपालिकालाई हिजोको भन्दा राम्रो बनाउदै लगेका छौं ।
म आउँदाखेरी यहाँको आन्तरिक स्रोत भनेको २ करोड ३७ लाख थियो । आज हामीले प्रक्षेपन गरेकाछौँ, हाल हामीले ९ करोडको राजश्व संकलन गरेकाछौँ भने यो चोटी हामी २० करोडको लक्ष्य लिएकाछौँ । त्यसैले गर्दाखेरी हिजोकोलाई हामीले आफ्नो सपनाहरु नगरपालिकाले गरेका योजनाहरुलाई पार गर्नलाई आन्तरिक स्रोत पनि मजवुत गर्दैछौँ । अबको हामीले यसलाई अलिकति समिक्षा गर्दै छौँ । हामीले अढाई बर्षको कामहरु राखेर नागरिक समाज पत्रकारहरु लगायत प्रत्यक वडामा गरेका कामहरु प्रत्येक टोलटोलमा भएका कामहरु र नगर स्तरीय योजनाहरुलाई पनि हामी सार्वजानिक गर्दैछौँ । समिक्षा गर्दै छौँ । कहाँ कमिकमजोरी भयो या भएन भन्ने हिसावमा हामी लागिरहेका छौँ । यो सँगसँगै हामीले ठुला प्रोजेक्टहरु पनि डिजाईन गरेका छौँ । जसरी त्रियुगा सभ्यता र विकास त्रियुगा नदी नियन्त्रण त्रियुगा नदी कोरिडोर, बरुवा बेलदोभान एकिकृत विकास परियोजना, ड्याम बनाएर केवलकार लाने रौतासम्मको कुराहरु, यीनिहरु फिजिबिलिटी स्टडी भईसकेको छ ।, त्यस्तैगरी इनर्जीको सेक्टरमा हामीले के गरेका छौँ भने, यसलाई सौर्य उर्जाको रुपमा एग्रिमेन्ट गरिसकेका छौँ । हामी यो चोटि नै अबको एकबर्षभित्र २० मेगावटको बिजुली नगरपालिका मै निकालेर बेच्ने प्रावधान र यही रोजगार सिर्जना गर्नलागिरहेका छौ ।हामीले सानो काम पनि गर्दै गईरहेका छौ । ठुलो काम पनि प्रदेश सरकार र संघीय सरकारसंग मिलेर अगाडी बढिरहेका छौं । हामीले गरेका घोषणा पत्रहरु नगरपालिकाले पास गरेका निति तथा कार्यक्रमहरु पनि र मास्टर प्लानबाट परित गरेर बजेट बिनियोजन गरेका छौ ।
पूर्णपुष्टि : यहाँको पहल प्रयासलाई जोडेर नगरपलिकाले गरेका कामहरुलाई समिक्षा गरौन ?
मेयर : हामिले सर्वप्रथम आउने बितिकै तरकारी बजारलाई व्यवस्थित गर्यौ । रगंशाला व्यवस्थित गरेका छौ ।बसपार्क व्यवस्थित गरेका छौ । त्रियुगा सभ्यता व्यवस्थालाई विकास गरेका छौ । नगर कृषी केन्द्र स्थापना गरेका छौ । औद्योगिकग्राम स्थापना गरेका छौ । फोहोर व्यवस्थापन उर्जा केन्द्र बनाइसकेर त्यसमा फोहोरबाट मल निकाल्ने र ग्यास पनि निकाल्ने काम गरिरहेका छौ । त्यसैगरि बरुवा ड्याम हामीले रिसर्च गरिसकेसकेका छौ । केबलकारको रिसर्च गरेका छौ । त्यसैगरी सौर्य उर्जाको गरिरहेका छौ । त्यसैगरी त्रियुगा नदि नियन्त्रणको लागि एउटा मेगा प्रोजेक्ट ४२.५ बाँया, ४२.५ दाँया गरेर ६ अरब ८४ करोड बजेटलाई ल्याउन सफल भएकाछौ । त्रियुगा करिडोर निकाल्ने काममा हामी थालेका छौ । आज यत्रो अविरल बर्षा भयो तर हामीले बनाएको राष्ट्रपति चुरेको र त्रियुगा नदि नियन्त्रणको जुन रकम थियो र सदरमुकाम बचाउ अभियानको बाँधको कारणले गर्दा आज गाईघाट बजार सुरक्षित बनाउन सक्यौं । त्यस्तै गरेर चरिचरनकोमा काम गरिरहेका छौ । त्यस्तै गरेर कृषीमा मोडेलका रुपमा काम गरिरहेका छौ । वडा नम्बर १६ मा संकलित केन्द्र । त्यसैगरि दमौटिमा बाख्रा पकेटको एरिया । पहाडमा फलफुलको पकेटको एरिया। अदुवा, बेसार जोन लगायतका एग्रिकल्चरमा ठुलो फड्को मारेका छौँ । हामी अब,कृषिमा आत्मानिर्भर तर्फ उन्मुख छौँ । त्यस्तैगरी हामीले शिक्षाको क्षेत्रमा प्राविधिक शिक्षाको जोड गरेका छौँ । मावि देउरीलाई म्याकनिकल,भेटनरी राजावासलाई, लक्ष्मिपुरलाई कृषि, कानुन हामीले सुरु गरिसक्यौं मोतिगडामा, त्यसैगरी सिभिल ओभरसियर देउरी छ भने अबसर्बियरहरुको लागि र आइटिको लागि बालमन्दिर गरेका छौँ । यसलाई अब नयाँ प्रविधिमा लाने र सबै स्कुलहरुमा गुणस्तरीय शिक्षा दिएर हामिले काम गर्ने बातावरण बनाएका छौं । २३ ओटा माविमा स्विसको सहयोगमा उनीहरु सवैलाई टे«निङ दिने, १२ पास गरेपछि के गर्न सकिन्छ भन्ने त्यो मोडलको रुपमा ल्याउने भनेर अगाडी बढेका छौँ ।वडा कार्यलयहरुको भवन बनाएका छौँ । साँचै भन्दा खेरी साउनेमा भित्ताल सिँचाई योजनाले ठूलो काम गरेको छ । त्यसमा करोड भन्दा माथि लगानीमा सिंचाई प्रणालीका लागि गरेका छौँ ।र टोटल नगरपालिकामा सिचाईको व्यवस्था हामीले स्वीस सरकारसँग मिलेर गरेका छौँ । त्यस्तै गरेर यस्ता थुप्रै गरेका कामहरु सय डेडसय भन्दाबढी नगरको यो गौरबको योजनाहरुअगाडी बढाएका छौँ । एक शहर एक पहिचान छ । त्यस्तै गरेर लक्ष्मीपुरदेखि बहेडुवासम्मको पिच बाटो राजावास देखी भान्टावारीसम्मको पिच बाटो र यो दुइटा बोटोलाई हामिले दशैँसम्म क्लियर गरेर उज्यालो दशैँ,सरसफाई युक्त दशैँ मनाउन गैरहेका छौँ।
अपराध रहित समाज निर्माणका लागि नगरदेखि घरघरसम्मको अभियान चलाएकाछौँ । आज लागुऔषधले गर्दाखेरी हाम्रो युवायुवतीहरु कुलतमा फसेका छन् । आफ्नो जिवन बर्वात गरिरहेका छन् ।त्यसैले नगरदेखि घरघरको अभियान हामी प्रहरी साझेदारीसँग काम अगाडी बढाएका छौँ भने जो गरिब छन् जो निमुखा छन् । जसले जहिले पनि सानो तिनो प्रकृति विपत हुदा आर्थिक सहायता माग्ने, त्यस कारणले गर्दा खेरी गरिब पछाडी पर्ने समुदाय वर्गलाई निशूल्क १० लाखसम्मको विमा गर्दिन राष्ट्रिय बिमासँग पनि सम्झौता गरिसकेका छौँ । अब उसले त्यस्तो दैविक प्रकोप, प्रकृतिक प्रकोप, लगायत बाढिपिडित जस्तो सुकै होस् । त्यो आएको खण्डमा विमा बाट रकम आउने गरेर गरेका छौं । सुरक्षित घर अभियान सुरु गरेका छौँ । यस लगायतका सामाजिक रुपान्तरणका हामीले धेरै कार्यक्रमहरुअगाडी बढाएका छौँ । जस्ले गर्दा यो नगर अब उप–महानरपालिकातर्फ उन्मुख छ । प्रदेश शभाकै सबै भन्दा ठुलो सभाहल,पिक्निक स्पोर्ट लगायतका उप–महानगरपालिकालाई आवश्यकता बमोजिमका विकासहरुमा जुटिरहेको छु । यो औद्येगिक हब भोलिको रुपमा एजुकेशन ट्रेड, इन्डस्ट्रिज टे«डको रुपमा डेभलोभ गरिरहेका छौँ । यो त्रियुगा कोरिडोरमा अरु ठाउँमा काहा जग्गा छ? हामिले अब हाजारौँ बिग्गा जग्गा गरेर यसलाई व्यवस्थित गरेर हामिले काम अगाडी बढायौँ भने इडिसियल्ट टे«ट, टुरिजम टे«ड, एजुकेशन ट्रेड र यसलाई हाम्रो मदन भण्डारीराष्ट्रिय राजमार्ग सगरमाथा राजमार्गकोबीचमा गयो भने यसलाई सदुपयोग गर्ने त्यसको वातावरण बनाईदिने काम चै त्रियुगा नगरपालिकाले गर्छ र त्यो किसिमको काम अगाडी बढाएका छौँ ।
पूर्णपुष्टि : उप–महानगरपालिका बन्न के सम्भव छ त ?या भनौ याहाँको कार्यकालमा ?
मेयर : हामिले १ लाख ५ हजार जनसंख्या गनिसकेका छौँ अबको २५ हजारदेखि बढी जनसख्या भयोभने हाम्रो आधार तयार हुन्छ । हाम्रो दुई ओटा पिच बाटो बनिसक्छ र मोटामोटी सबै रिङरोड हामीले नगरपालिकाको बजेट र सबै बजेट गर्दाखेरी हामीले करिब ३ सय किलोमिटर भन्दाबढि चै नगरपालिकामा पिचभैसकेको हुन्छ । अब सभाहल, रङगशाला, बसपार्क लगाएतका मनोरञ्जन र अन्य पार्कहरुको जोड्दाखेरी हामी नगरपालिकाको क्राईट एरियामा उप–महानगरपालिकाको क्राइट एरियामा पुग्छौँ । यसलाई व्यवस्थित गर्छाैँ र १६ ओटा वडाहरुमा हामीले नमुना टोल विकास समिति बनाउँदैछौ । त्यसमा हरेक ढंगले व्यवस्थित हुन सक्छ भनेर अवधारणाका साथ काम गरिरहेका छौँ ।
पूर्णपुष्टि : अब स्वास्थ्यको कुरा थोरै जोडौँ न । स्वास्थ्यको प्रयास के रह्यो ?
मेयर : हामीले त्रियुगा नगरपालिकाभरी बर्थिङ सेन्टर १६ वटै वडाहरुमा सुरु गरिसकेका छौँ । हाम्रो स्वास्थ्य चौकी हाम्रो अन्डरमा रहेकाहरु सबै राम्ररी चलिरहेका छन् ।सबै किसिमको सुविधाहरु प्राप्त भएका छन् । त्यसैले गर्दा खेरी हामी वडा स्थास्थ्यचौकीसम्म क्लियर छौँ । यो अस्पतालको हकमा जबसम्म अस्पताल, यो त्रियुगा नगरपालिकाको अन्डरमा थियो राम्रै थियो । अहिले जब प्रदेश सरकारको अन्डरमा आएपछि अहिले छिन्नभिन्न भाको छ । हामीले नै डेड करोड रुपैयाँ हालेका थियौँ ।हामीले एक्सेरे बिग्रेको मेशिन, दबाईहरु प्रयाप्त प्रदान गरेका थियौँ । जसको संयोजक म नै थिए । र अहिले जब प्रदेशले लिएपछि सबै कुरा बिग्रेको छ । हामीले सिसि क्यामेरा हाल्देका छौँ । डाक्टरहरुलाई २४ घण्टाको टाईम बाँड्देका थियौँ ।
पूर्णपुष्टि : यसलाई सुधार गर्न के गनूपर्ला ?
मेयर : सदरमुकामको अस्पताल नगरपालिकालाई दिनु पर्यो । नगरपालिकाको अन्डरमा हुनु पर्यो । जस्ले गर्दाखेरी हामी यसलाई सुधार गर्न सकौँ । हाम्रो माताहतमा नभएपछि त्यहाँका जिम्मेवारहरु किन नगरपालिकाको आदेश मान्ने, हामी त प्रदेश सरकारको माताहतमा छौँ भन्ने कुराहरु हुन्छ । तर पनि नगरपालिका यसरी पन्छिनु मिल्दैन । हामी तुरुन्तै सिडियोसँग मिटिङ राख्दैछौ । अबको दिनमा यहाँ डाक्टरको व्यवस्था गर्ने र यसमा भएको चुनौतीलाई उठाएर विषेश व्यवस्था जिम्मा दिनु पर्यो बोर्डले । यदि सक्दैन भने नगरपालिकालाई जिम्मा दिनु पर्यो, हामी लिन तयार छौँ । यसलाई अझ हिजो दिरहेको सेवा भन्दा पनि राम्रो सेवा दिनका लागि हामि प्रयत्न गर्नेछौँ ।

पूर्णपुष्टि : मेयर सा’प, यहालाई मेयर हुनु रहर होकी, एउटा राजनितिक जिम्मेवारी होकी, या यहाँको नगरकोे आबश्यकता हो ?
मेयर :म एक किसिमले बिद्यार्थी काल देखिनै बिद्यार्थीमा आए । जतिखेर जब हामीले ०४६ सालको आन्दोलनको कुरा गर्यौं । त्यसपछि ०४६ सालको आन्दोलनलाई सफल बनाइसकेपछि एककिसिमको नयाँ बहुदलीय व्यवस्थाको मोड आयो । हामी कम्युनिष्टको कार्यकर्ता र कम्युनिष्टमा लागेको बामपन्थिमा लागेको र जहिले पनि यो सत्तालाई सहि सदुपयोग गर्नु पर्छ भनेर हाम्रो मान्यता । त्यहिअनुरुप हामी संगठनमा लाग्यौं । संगठनमा लागिसकेपछि हामी एमालेबाट पनि सबै साथिहरुले मेयरमा भन्ने हुनुपर्छ भनेर सिफारिस गरेको हो । त्यस कारणले गर्दा यो आजको आबश्यकता बुझ्नुस् । हामीले गरेको कामको मुल्याङकनको पाटोलाई बुझ्नुस् । यो आधारमा चै मेयर भएको हो । यो एक चोटी पाटीले गरेको आवश्यकता यहाँको जनताको, साथीभाई, कार्यकर्ताहरुको आवश्यकताले गर्दाखरी आज नगर प्रमुखको रुपमा आईयो । र यो आईसकेपछि अब यसलाई हामीले जुन एउटा संविधानले गरेको छनी ! समाजवाद उन्मुख समाजवाद अब संघिय सरकारले मात्र गरेर पुग्दैन । प्रदेश सरकारले मात्र गरेर पुग्दैन, स्थानीय सरकारले पनि गर्नु पर्छ किनकी स्थानीय सरकार भनेको जग हो । जग बाट नै समाजवाद स्थापना हुन्छ ।
त्यस कारणले गर्दा खेरी समाजवाद भनेको अबको आधार तयार गर्दाखेरी गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा लाई प्रमुख आधार भनेको स्थानीय सरकारको काँधमा आएको छ । तर यो बिभिन्न कारणले ओझेलमा परेको छ । चाहे कानुनी ओझेल होस्, चाहे राजनीति ओझेल होस् । यो किना परेको छ भन्दाखेरी शिक्षा क्षेत्र पनि बिकृतिमा छ, स्वास्थ्य क्षेत्र पनि बिकृतिमा छ । जस्ले पैसा कमाउन सक्छ उसले प्राईभेट सेक्टरलाई अगाडी बढाईरहेको छ । यो क्षेत्रलाई सामाजिक सुरक्षाको आधार हामीले स्थानीय तहलाइ दिनुपर्छ, स्थानीय तहले लिनुपर्छ, त्यसैको आधारमा मैले यो जिम्मेवारी महसुस गरेको छु । जनताले पनि मलाई विश्वास गरेर आवश्यकता ठानेर म याहाँ आएको छु ।
पूर्णपुष्टि : अबको खाका, यो के के छन् ?
मेयर : त्रियुगा नगरपालिकाले प्रष्ट रुपमा भनिसकेको छ । हामिले खाका ल्याइसकेका छौँ की “खानी, पशु, कृषि र वन, उद्योग पर्यटन व्यापार त्रियुगाको धन” हामि खानी क्षेत्रलाई प्रोत्साहन गरिरहेका छौँ । कृषि क्षेत्रको खाका तयार गरेर १६ ओटै वडाहरुमा काम गरिरहेका छौँ । त्यसैगरी हामीले पर्यटनको क्षेत्रमा काम गरिरहेका छौँ । पर्यटन बर्ष मनाउने हामीले तयारी गरिरहेका छौँ । हामीले हिलसिटीका कुरा गरिरहेका छौँ । त्यसैले गर्दा खेरी यो पर्यटनको रुपमा हामीले काम गरिरहेका छौँ । बनको क्षेत्रमा काम गरिरहेका छौँ । समग्र रुपमा हेर्दा खेरी अबको त्रियुगा नगरपालिकाले उप–महानगरपालिका बनाउने अघि नै कुरा गरिसकेका छौँ । यो मोडेलीटीमा काम गरेका छौँ । हरेक कनेक्टीभीटीमा होस् । वडासँग कनेक्टीभिटीमा होस्, प्रदेशसँग होस्, जिल्लासँग कनेक्टीभिटीमा होस् र संघियसँग र इन्टरनेशनल कनेक्टीभिटीमा त्रियुगा नगरपालिका प्रणका साथ अगाडी बढेको छ । हामीले पानीको सेक्टर व्यवस्थापन गर्न खोजिरहेका छौँ । फोहोरको सेक्टर व्यवस्था गरेका छौँ । रोडको सेक्टर व्यवस्था गर्छौ । त्यसैगरी स्वास्थ्य, शिक्षा, रोजगारी, यहाँको बेरोजगारीको स्थिति बिदेश गएकालाई पनि हो, यहाँको सामाजिक शिक्षालाई हेर्ने हो । याहाँ टोटल गर्दा खेरी असल समाज, असल नगरपालिका, सभ्य नगरपालिका बनाउनका लागि त्रियुगा नगरपालिका लागि परेको छ ।
पूर्णपुष्टि : यहाँलाई कहिले काही महत्वकांक्षी मेयर हो भन्ने पनि कुरा आउँछ, के भन्नु हुन्छ ।
मेयर : यो ठिकै हो, सपना नदेखि पुरा हुदैन । आज हामी लाहानबाट हिडेर आउथ्यौं, फत्तेपुर हिडेर पुग्थ्यौ ।साउने खाँबु सबै हिडेर पुग्थ्यौ । यदि यो ठुलो सपना देखेको भए हुदैन थियो । यहाँ नगर्दा के छ र त्रियुगा सभ्यताको त्यत्रो योजना आको छ । यो हामी बल गरेर त छअर्ब आयो नी यसलाई चै उप–महानगरपालिका होइन महानगरपालिकाको सपना तर मेरो पालामा उप–महानगरपालिका बनाउँछु । त्यो सपना नदेखे भने काँ हुन्छ ? रौतालाई हामीले टुरिजम यस्तो ठाउँ अरु छर ?रौता जस्तो ठाउँ अन्य ठाउँमा छैन । सपना देख्नु नै एउटा ट्रयाक निर्माण गर्नु हो । तर मेरो पनि सपना चै ठुलै हुन्छ । किनकी बिदेशीहरु आज किन त्यो अगाडी बढ्यो भने त्यहाँका युवाहरुले सपना देखेर काममा लागेँ। आज हामीले भारत कै कुरा गरुम् न काहाँदेखी काहाँ पुगिसक्यो ।चाईना कै कुरा गरुम काहाँदेखी काहाँ पुगिसक्यो । आज त्यहाँ सपना नदेखेको भा त्यो मोडलमा पुग्थेन । जस्ले गर्दा मैले देखेको सपना पनि यहि हो । हामीले देखेको सपना पनि ड्राईभ गर्न सकिन्छ की सकिदैन मेरो ध्यान दृष्टिकोण योजना सबै यसैमा छ ।
मेयर चौधरीसंगको भिडियो संवाद हेर्नका लागि यो लिंक खोल्नुहोला ।
पूर्णपुष्टि : पत्रकारलाई ल्याप्टप बाँड्यो भनेर पनि आरोप खप्नु पर्यो हैन ? यस बिषयमा यहाँले आफ्नो पुस्ट्याई पनि दिनु भएको छ । आज पनि दिनुहोस्अनि पत्रकारिताको प्रबद्र्धन, विकासमा यहाँको योजना, सहयोग के रहन्छ ?
मेयर : पत्रकार साथीहरु राष्ट्रको चौथो अंग हो ।यीनिहरु पनि व्यवस्था हुनुपर्छ र स्रोतहरुको पनि म्यानेज हुनुपर्छ । तर दुरुपयोग हुनु हुदैन ।हामीले पनि हाम्रो नराम्रो कुराहरु ढाकछोप गर्नु भनेर ल्याप्टप बाँडेको होइन ।एउटा टेक्नीकल टे«निङ पनि आको थियो जस्ले गर्दा मोवाईलबाट र ल्याप्टपबाट ठाउँको ठाउँ रिपोरटिङ गर्न सकिने टे«निङमा मै चिफ गेष्ट थिएँ । उसो भनेत तपाईहरु यसमा राजी हुनुहुन्छ भने हामी ल्याप्टप दिनसक्छौ भनियो । फेरी यो पैसा पत्रकारहरुको प्रवद्र्धन र व्यवस्थापनको लागि छुट्याएको एक बर्ष अगाडीकै हो ।मोवाईल र ल्याप्टपको माध्यमबाट सिधै न्युज सम्प्रेशन गर्न सकिन्छ भने किन सहयोग नगर्ने त्यसैले आज पत्रकारहरु पनि प्रमोसन भएन भने व्यवसायीक पत्रकारीतामा भएन भनेउसले फेरी पनि गलत बाटोहरु अपनाउनसक्छ । त्यसैले गलत बाटो नअपनाउनका लागी उसको डेभलोपको लागि र उसले आफैले गरिखानको निम्ति,आफैले मेहनत गर्नका लागि एउटा ल्याप्टप दिँदा उसले मेहनत गर्छ भने काम गरेर आम्दानी गर्नसक्छ भने ल्याप्टप किन नदिने ?त्यसैले पत्रकारहरुलाई दिइएको हो ।केही पत्रकारहरुले कमाएका होलान्तर तल बसेका पत्रकारहरु जुन पत्रकारहरु दिनदिन जनताहरुसँग बसिरहेका छन् । सानो मोफसलमा खबर लेखेका छन् उनिहरुको हालत खराबै छ नी । त्यसैले यो आधारमा हामीले कमाउन सक्छ आफ्नो स्किल डेभलोप गर्न सक्छ । उनले आत्मानिर्भर हुन सक्छ ।उसको व्यवसायीक सिप बढ्न सक्छ भनेर हामिले ल्यापटप बाँडेका हौँ ।
पूर्णपुष्टि : भनेपछि त्यो न कुनै उपहार थिएन ?
मेयर : त्यो त्यस्तो केहि थिएन । त्यो नितीगत रुपमा नै थियो । यो पत्रकार कै लागि बजेटछुटाएको थियो । अर्को कुनै बजेट छुटाए कै होइन, पत्रकारको स्किल डेभलोपको लागि थियो । यो पत्रकार कै हितको लागि पत्रकार कै संरक्षणको लागि थियो ।
पूर्णपुष्टि : पत्रकारहरुलाई त सहयोग गर्न नहुने पो रहेछ भन्ने लागेन यहाँलाई ?
मेयर : यो गरिराख्दा खेरी त्यो अवस्थामा म कहिले बिराटनगर एरपोर्टमा गएँ, काठमाण्डौ गएँ ।कतिपय सचिव ज्युहरुले पनि,अन्य पत्रकार साथिहरुले पनि मेरो पनि ल्याप्टप भएको भए… बाँकि छ की ?भन्ने कुरा गरे (हाहाहाहा… हाँसो) । तपाईहरु पनि आउनुस् निवेदन हाल्नुस् तपाईहरुको पनि स्किल डेभलोभमेन्टका लागि हामी सहयोग गर्न तयार छौँ भनेँ । तरपनि एउटा घटना अर्को परिवेशलाई अर्को ढंगले व्याख्या गर्नु हुदैन । हामीले ल्यापटपमा उनिहरुको गर्नका लागि दिएको हो उनिहरुको स्किल डेभलोप गर्न यो काम गरेको हो ।
पूर्णपुष्टि : कुनै समचार लुकाउनु, त्यो किसिमको नियतथिएन ?
मेयर : मतलबै छैन, हामीले नगरपालिकाले जे गरेका छौँ, त्यो तपाईहरुलाई लागेको कुरा लेख्नुहोस् भनेर अहिले पनि यो मैले यो पूर्णपुष्टि मिडिया माध्यमबाट पनि आह्वान गर्न चाहान्छु । हामीले गरेको राम्रा काम कुरा राम्रै लेख्नुस्, नराम्रालाई नराम्रै लेख्नुस् ।

