Saturday, June 27News That Matters

होम आइसोलेसनमा कोरोना संक्रमित वृद्धाको मृत्यु

पुर्णपुष्टि,भदौ २८

कारोना संक्रमणबाट होम आईसोलेसनमा एक वृद्धाको मृत्यु भएको छ । चितवनको होम आइसोलेसनमा रहेकी संक्रमित भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।
मृत्यु भएकी वृद्धा अल्सर र क्यान्सरको बिरामी रहेको अस्पतालले जनाएको छ । यो संगै चितवनमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

चितवनमा कुल एक हजार दुई सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये होम आइसोलेसनमा २५० जना भन्दा बढी रहेका छन् ।