
पूर्णपुष्टि, फागुन २० गते ।
फागु पर्व अर्थात होली सुरु भएसँगै कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी डाक्टरहरुले सुझाव दिएका छन् । रङ्गहरुको उत्सव होली मंगलबार औपचारिक रुपमा सुरु भएपछि भाईरसको संक्रमणबाट बच्नको लागी सुक्राव दिएका हुन् ।
विहान काठमाण्डौको वसन्तपुरमा लिङ्गो ठड्याएसँगै यस वर्षको होली पर्व सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ ।
यस वर्षको होली पहाडमा आगमी सोमबार र तराईमा मंगलबार परेको छ । कोरोना भाइरसको जोखिम बढेकाले होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । भिडभाडमा नजान, पानीमा नभिज्न, अनिवार्य माक्सको प्रयोग गर्न लगायतका सुझाव दिएका छन् ।
