Saturday, June 6News That Matters

११ को ग्रेडवृद्धि नतिजा सार्वजनिक

पूर्णपुष्टि, चैत ५

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।

आंशिक अक्षराङ्कनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो ।

नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार हेर्न सकिने बोर्डले जनाएको छ ।