Saturday, June 6News That Matters

१२ को परीक्षा तालिका सार्वजनिक

पूर्णपुष्टि, फागुन २६

आगामी जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।

तालिकाअनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ ।

फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।

परीक्षा तालिका