Tuesday, July 7News That Matters

१२ नं वडाद्धारा जेष्ठ नागरिक तथा एकल महिलालाई सिरक वितरण

पूर्णपुष्टि, माघ ४ गते । त्रियुगा नगरपालिका १२ नं वडाले जेष्ठ नागरिक तथा एकल महिलालाई सिरक वितरण गरेको छ । वडा कार्यालयमा बुधबार सिरक वितरण गरिएको वडा अध्यक्ष चुडाराज काफ्लेले बताए ।
१२ नं वडा भरिका भत्ता खादैँ आएका जेष्ठ नागरिक तथा एकल महिलालाई जाडोमा न्यानो सिरक वितरण गरिएको हो । वडा कार्यालयमा वडा अभ्यक्ष चुडाराज काफ्ले, वडा सदस्य दिलसेर अलिमिया र अनिता थापा लगाएतले सिरक वितरण गरेका थिए । आज देखी वितरण गर्न थालिएको सिरक छुटेका जेष्ठ नागरिक तथा एकल महिलालाई भोली पनी वितरण गरिने अध्यक्ष काफ्लेले जनाए ।