
पूर्णपुष्टि, असार २४
त्रियुगा नगरपालिका वडा नं १३ ले आगामी आर्थिक बर्षको लागि वडा सभाबाट बजेट पास गरेको छ । बुधबार वडाका बिभिन्न सम्बन्धित क्षेत्रहरु सँगको छलफलमा १ करोड २५ लाखको वडा सिलिङ बजेट पास गरेको वडा अध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।
आर्थिक बर्ष २०७८/०७९ का लागि बजेट भाषण गर्दै अध्यक्ष चौधरीले वडाका अधुरो कामहरुलाई बिषेश प्रथामिकतामा राखेर बजेट पास गरिएको बताउनुभयो ।
उहाँले यस बर्षको बजेटले जनताको गुनासोलाई हदै सम्म सम्बोधन गरेको समेत बताउनुभयो । स्थानीयहरुको योजना र माग अनुसार नै यो बर्षको बजेटले बढी भन्दा बढी वडाका अधुरो बिकासमुखी कामलाई ध्यानमा राखेको चौधरीले बताउनुभयो ।
यसै क्रममा वडाका साना तिना जनतामुखी कामहरुलाई पनि बजेटले ध्यानमा राखेको चौधरीको भनाई छ । जनताहरुलाई छुने साना तिना सबै बिकासका योजनाहरु गर्ने पनि उहाँले बताउनुभयो । यो बर्ष वडाले जनतामुखी कामका लागि बिकासका काम, गरिबि नियन्त्रण, कृषि, शिक्षा, महिलाहरु बारे पनि थुप्रै कामहरु गर्ने छन् ।
