
पूर्णपुष्टि, भदौ १
१३ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जनालाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको छ । बुद्धभूमि नगरपालिका–३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डेलाई बालिका करणी अभियोगमा पक्राउ गरेको हो ।
थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको गरेको थियो ।
पक्राउ परेका पाण्डे उपर थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
