
पूर्णपुष्टि, फागुन २४
गाईघाटमा सुविधिा सम्पन्न चस्मा पसल संञ्चालनमा आएको छ । गाईघाट हिमाली टोल हिमालय होटलको छेउमा रहेको NJP अप्टिकलको ओपनिङ सोमवार त्रियुगा नगरपालिकाका उपमयेर देवी चौधरीले गर्नुभयो ।
यसै पसलको आयोजनामा १५ दिने निशुल्क आँखा सिविर पनि संञ्चालनमा आएको छ । अप्टिकल सम्बन्धि सबै प्रकारको सेवा सुविधा सहित पसल संञ्चालनमा ल्याएको संञ्चालक तथा प्रोपाईटर जावेद अख्तरले बताउनुभयो ।
सबैखाले चस्माहरु, ब्राण्डेट , चस्मा प्रेम, सन ग्लास, पावर चस्मा लगायत सबै प्रकारको सेवा सहित पसल संञ्चालमा ल्याएको अख्तरले बताउनुभयो ।
ओपनिङकै क्रममा केहिदिन सम्म चस्मा खरिदमा ४० प्रतिशत छुट सहित विक्र वितरण गरिने उहाँले बताउनुभयो ।
१५ दिन सम्म निशुल्क संञ्चालनमा ल्याएको आँखा सिवरमा आँखा सम्बन्धि सबै खालको चेक गरिने आँखा सिविरका अप्टोमेट्रिस सिर्जना महतोले बताउनुभयो ।
उहाँले लाहानबाट आएको अनुभवी अप्टोमेट्रिसहरु बाट आँखाको चेकजाँच गरिने समेत बताउनुभयो ।
महतोका अनुसार आँखा सम्बन्धि सामान्य सबै खालको रोगहरु र चस्मा चेक, पावर चेक, मोतिविन्दु जस्ता समस्याहरु हेर्ने र क्रिटिकल अवस्था भए आँखा सम्बन्धि अनुभवि हस्पिटलमा रेफर गरिने बताउनुभयो ।
फोटो फिचर

