पूर्णपुष्टि, पुष १८
मोरङको रंगेली नगरपालिका–१ बविया स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० बर्षीय मनोज राजवंशी र धनकुटा सहिदभुमी गाउपालिका –२ का २९ बर्षीय बेचन भन्ने हस्त राई रहेका छन् ।
हिजो अपरान्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटाईएको थियो । खानतलासी गर्ने क्रममा १५ बोरा (३५० के.जी.) गाँजा फेला पारी राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न राई सहित प्रदेश नम्बर १–०२–०५० प २७९२ नम्बरको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
