Thursday, June 25News That Matters

१६ केजी गाँजासहित टेम्पु र चालक पक्राउ

पूर्णपुष्टि, मंसिर ५
मोरङको रंगेली नगरपालिका–१ बिशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ । हिजो राती ८ बजे ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले संका लागी चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो । गाँजा फेला परे पश्चात टेम्पो चालक मोरङ बेलबारी नगरपालिका–३ का २४ वर्षीय बुद्दराज राईलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।